पोखराको आन्दोलन सफल भयो अब काठमाडौं केन्द्रीत हुन्छौं: प्रदेश सभापति गौतम
रविलाई आज दोस्रोपटक अदालत लगिँदै
पाेखरा | कात्तिक ८, २०८१
पोखरा: कास्की प्रहरीको हिरासतमा रहेको राष्ट्रिय स्वतन्त पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थमन पोखरामा जारी प्रर्दशन अब काठमाडौं केन्द्रीत गरिने भएको छ ।
पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेश संयोजक राजन गौतमले अबका आन्दोलन काठमाडौं केन्द्रीत गरिने बताए ।
उनले कास्की र गण्डकी केन्द्रीत आन्दोलन सफल भएको उल्लेख गरे ।
‘कास्की र गण्डकी केन्द्रीत हाम्रो आन्दोलन सफल भएको महसुस गरेका छौं । न्यायालय अर्थात कार्यान्वयन गर्ने निकायलाई झक्झकाएका छौं, उनले भने, ‘न्यायलाई मार्न पाइदैन भनेर आजसम्म हामीले शान्तिपूर्ण आन्दोलन गर्याै । सम्भवत आज पोखरा केन्द्रीत आन्दोलन टुङ्ग्याउदैछौ र अब काठमाडौं केन्द्रीत हुनेछ ।’
उनले सहकारीको विषयलाई मात्रै नभएर देश बनाउने एजेण्डा भएकाले काठमाडौं केन्द्रीत हुने निर्णय भएको बताए ।

‘हामी देश नै परिवर्तन गर्ने बेथिती र भ्रष्टाचार अन्त्य गर्ने भनेर लागेका हौं त्यसका लागि काठमाडौं केन्द्री हुनुपर्छ भन्ने सल्लाह भएको छ ।’ उनले भने ।
कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अनुसन्धानका लागि पाएको म्याद गएराती सकिएकाले आज फेरि थप अनुमति लिन कास्की जिल्ला अदालत लगिँदै छ ।
लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन सहकारीको रकम उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
यो पनि पढ्नुहोस


पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...



